Rule 12
त्रुटि सच्याउन विवरण सङ्कलन गर्नुपर्ने
यस नियमावली बमोजिम मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दा नियम ९ को उपनियम (३) बमोजिम प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम, थर, जन्म मिति वा यस्तै अन्य कुनै विवरणमा कुनै त्रुटि देखिएमा त्यस्तो त्रुटि सच्याउनको लागि सङ्कलकले सोको विवरण आयोगले निर्धारण गरेको स्थानमा अनुसूची–७ बमोजिमको ढाँचामा कार्यक्रममा उल्लेखित समयावधि भित्र सङ्कलन गर्नु पर्नेछ ।